४०० करोडको बजेटमा बनेको अक्षय कुमार र रजनीकान्त स्टारर मूभी ‘२.०’ इन्डियाको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म मानिएको छ । मिडियामा आएको रिपोर्ट्सका अनुसार, यसका लागि अक्षय कुमारले ४० करोड पारिश्रमिक लिएका थिए । उनले यो पारिश्रमिक २० दिन शूटिंगका लागि लिएका हुन । यो हिसाबले अक्षयले प्रत्येक दिन २ करोड पारिश्रमिक लिएका थिए । त्यस्तै, फिल्ममा लिड रोल निभाएका रजनीकान्तलाई ५० देखी ६० करोडको आसपासमा मिलेको थियो तर रजनीकान्तलाई यो रकम २ बर्षको शूटिंगका लागि मिलेको थियो । यो फिल्म यस बर्षको दिपावलीमा रिलिज हुँदैछ । करिब ६२ करोडको बजेटमा बनेको फिल्म ‘जोली एलएलबी २’ का अक्षय कुमारले ४२ करोड पारिश्रमिक लिएका थिए । उनले लगातार ४२ दिनसम्म यो फिल्मको शूटिंग गरेका थिए ।