पाँच दिन पहिले रिलिज भएको फिल्म ‘बाहुबली २’ ले भारतमा हालसम्म बनेका सबै फिल्मको विजनेस रेकर्ड ब्रेक गरेको छ । रिलिजको पाँचौं दिनमा नै सबै भाषामा गरेर ४ सय ४० करोड कलेक्सन गर्दा यो फिल्मले वलिउडको सुपरहिट ‘दंगल’को अनि ‘बाहुबली’ को रेकर्ड ब्रेक गर्न सफल भयो ।
तीन बर्ष पहिले रिलिज ‘बाहुबली’ को पहिलो संस्करणले ४ सय २० करोड कलेक्सन गरेको थियो । दंगलको कलेक्सन ३ सय ८७ करोड थियो । वलिउडका सुपरस्टार आमिर खान, सलमान खानका सबै फिल्मको विजनेस रेकर्ड ब्रेक गरेको फिल्म भारतमा हालसम्म बनेका सबै फिल्म भन्दा बढि कमाउने फिल्म बनेको छ । फिल्मको आक्रामक विजनेस कायमै छ ।
यो फिल्म भारतमा मात्रै ५ सय करोड ग्रस विजनेस गर्ने पहिलो फिल्मको किर्तिमान पनि कायम गर्ने दौडमा छ । विश्वब्यापी कलेक्सनमा हालसम्म ‘बाहुबली २’ले ७ सय १० करोडको माईलस्टोन पार गरेको छ । विश्वबप्यापी कलेक्सनमा यो भन्दा अघि ‘दंगल’ ७४२ करोड र ‘पिके’ ७ सय ९२ करोडका साथ छन् । एक दिनमा नै ‘बाहुबली २’ ले यो किर्तिमान पनि ब्रेक गर्नेछ ।