नेपाली फिल्मी पर्दाको सफल जोडी दयाहाङ राई र प्रियंका कार्की स्टारर फिल्म ‘लालटिन’को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । युट्युवमा सार्वजनिक ट्रेलरले द्वन्द्न, प्रेम र रोमान्सको कहानी बोल्छ ।
भानुप्रताप प्रस्तुतकर्ता रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । फिल्मको ट्रेलर कताकता ग्याङ्गस्टर देखिन्छ । राज कटुवाल र निर्जन थापा पनि ट्रेलरमा अटाएका छन् । लिड अभिनयमा रहेकी भनिएकी अभिनेत्री केकी अधिकारीको क्यारेक्टर भने सस्पेन्स राखिएको छ ।
जेठ २६ लाई प्रदर्शन मिति तय गरेको फिल्म दिनका दिन प्रतिच्छित बन्दैछ । सामाजिक सञ्जालमा ‘हेल्लो लालटिन’ ट्रेण्ड केहि महिनादेखि चर्चामा छ ।
राज केसी, अनिम श्रेष्ठ र भानुप्रतापले लगानीमा साझेदारी गरेको फिल्ममा लगायत अभिनयमा छन् । यसअघि सार्वजनिक टिजर तथा ‘चमेली’ बोलको आईटम गीतले राम्रै हाईप बनाईसकेको छ । चमेली बोलको गीतम प्रियंकालाई हट अवतारमा देख्नसकिन्छ । कोरियोग्राफी कविराज गहतराजको हुँदा फिल्ममा संगीत संयोजनमा सहकार्य गरेका छन् ।
शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको काम गरेका छन् भने हरी घले लामाले फिल्म खिचेका छन् । फिल्मको यसअघि नै दर्जन बढि पटक च्यारिटी शो गरिसकिएको छ । च्यारिटीमा हेर्ने दर्शकको मन जित्न ‘लालटिन’ सफल भएको निर्माण टिमको दाबी छ ।