मुम्बई(एजेन्सी) । बलिउडमा आइटम नृत्यमा हंगामा मच्चाएकी हट र बोल्ड नायिका सनी लियोनी अब मराठी फिल्ममा पनि आइटम नृत्य गर्ने भएकी छन् । हिन्दी फिल्ममा आफ्नो ग्ल्यामर नृत्य दर्शकलाई दिईसकेकी पूर्व पोर्नस्टार अब मराठी फिल्ममा आफ्नो जादुमयी आइटम नृत्य देखाउन लागेकी हुन् ।
मराठी फिल्मको आइटम गीतमा बलिउडका प्रख्यात कोरियोग्राफर गणेश आचार्यको कोरियोग्राफी हुनेछ । गीतलाई अवधुत गुप्तेले कम्पोज गर्नेछन् ।
हालसम्म फिल्मको नाम फाइनल भईसकेको छैन । फिल्मको निर्देशन विशाल देवरुखकर गर्नेछन् । फिल्मको कथाले युवाको विषयलाई प्रस्तुत गर्नेछ । सनीले कोरियोग्राफर गणेशको नृत्य स्टेप सानदार हुने भएकाले प्रस्तुति दिन सजिलो हुने बताइन् ।