काठमाडौं । मोडलिङमा आफुलाई स्थापित गराईसकेका नविन लम्साल अहिले ठुलो पर्दामा जम्ने तयारीमा छन् । ‘दि रेम्प’ मोडेलिङ एजेन्सीबाट मोडलिङमा व्यावसायिक तालिम लिने बितिकै उनलाई फुर्सदमा बस्न परेन । ४० वटा म्युजिक भिडियो, ३ दर्जन टिभीसी एवम् पत्रिकाका विज्ञापन, दुर्इ दर्जन ¥याम्प शो साथै फेशन सुटमा मोडेलको रुपमा प्रस्तुत भैसकेका नविनले अभिनयमा रुची भएकै कारण ओस्कर एक्टिङ कलेजबाट अभिनयको बिशेष शिक्षा पनि लिईसकेका छन् ।
उनीद्वारा अभिनित पहिलो फिल्म ‘राहदानी’ हो । त्यसपछि भुषण दाहाल निर्देशित ‘ओपन विन्डो’ लगतै उनले ‘कारखाना’ को पनि काम सकाइसकेका छन् । जुन जेठमा रिलिज हुँदैछ । उनको लक्ष्य भनेको नै ठुलो पर्दामा आफुलाई नायकको रुपमा स्थापित गराउनु हो । उनी अहिले नयाँ फिल्मको वर्कशपमा व्यस्त छन् ।
मोडेल स्रोतः ‘दि रेम्प’ फेशन एवम् मोडेलिङ एजेन्सी,अनामनगर
वार्डरोबः फेशन फ्लो,क्लोथिङ स्टोर
तस्बिरः शिवलाल श्रेष्ठ