फिल्म ‘पर्व’को चार महिना पहिले सार्वजनिक गरिएको गीत ‘काले दाई’ ले शनिबार एक करोड भ्यूअर्स माईलस्टोन पार गर्यो । फिल्म रिलिज पहिले गीत सुपरहिट बन्दाको फाईदा ‘पर्व’ले उठाउला नउठाउला, गर्भमा छ । तर निर्माण टिम भने पुनः अर्को गीत रिलिज गरेर प्रचारलाई तिब्रता दिँदै छ ।
फिल्ममा समावेश ‘जीन्दगानी तिमी’ बोलको नयाँ गीत आईतबार रिलिज गरिएको छ । गीतमा लिड अभिनेत्री नम्रता श्रेष्ठ र कोशिश क्षेत्री फिचरिङमा छन् । कोशिशले नै संगीत भरेका छन् ।
केतन क्षेत्रीको स्वर रहेको गीतको शब्द पनि कोशिशले नै लेखेका हुन् । जेठ १२ मा रिलिजको लागी तयार फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास गिरी र नीकिता पौडेल निर्मातामा छन् ।