विश्वविख्यात गायक जस्टिन बीबर बुधबार मुम्बईमा हुने कन्सर्टको लागी भारत आईपुगेका छन् । मंगलबार राती चार्टर्ड विमान मार्फत उनि मुम्बई ल्याण्ड भए । उनको आगमनलाई घण्टौँ पर्खेका हजारौं फ्यानहरुले उनको आगमनसँगै भन्य स्वागत थिए ।
मुम्बईमा आज साँझ हुने ‘जस्टिन बीबर पर्पोज वर्ल्ड टुर’ अन्तर्गतको म्युजिक कन्सर्टमा उनले प्रस्तुती दिनेछन् । जहाँ ४५ हजार दर्शक उपस्थित हुने बताईएको छ ।
यसैबीच जस्टिनको सुरक्षाको लागी पाँच सय प्तहरी परिचालनको खबरसँगै उनक सुरक्षामा वलिउड सुपरस्टार सलमान खानका वडीगार्ड पनि खटिएका छन् । बलिउड भास्कर डटकमले सलमानले नै आफ्ना निजी गार्ड शेरालाई जस्टिनको सुरक्षाको लागी पठाएको लेखेको छ ।
कन्सर्ट सकिएसँगै बुधबार राती नै जस्टिनले बलिउडका हस्ति कलाकारहरु सलमान खान, शाहरुख खानसँग पार्टी ज्वाईन गर्ने बताईएको छ ।