भीजे संगीता श्रेष्ठले निर्देशनमा डेब्यू गरेको फिल्म ‘कथा काठमाण्डु’को सम्पुर्ण छायांकन सकिएको छ । २३ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिएको संगीताले जानकारी दिएकी छिन् ।
मंगलबारबाट फिल्मको सम्पूर्ण छायांकन सकिएको संगीताले बताइन् । संगीताले भनिन्–‘हामीले ३ चरणमा छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ ।’ फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।
फिल्म भित्र ३ वटा कथा जोडिएको तर तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासँग रहेको निर्देशकको तर्क छ । नेपालमा पहिलो पटक यस्तो कथामा फिल्म बनाएको उनको दाबी थियो । उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यासँग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसँग फिल्ममा हुनेछ ।
आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्म छायांकनको क्रममा नै प्रियंका र आयुष्मानको लभ चर्चाको गसिपले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको थियो ।