एक समयको हिट जोडी रेखा थापा र आर्यन सिग्देलबीच केहि बर्ष बोलचाल समत बन्द भयो । पानी बाराबारको अवस्थामा रहेका यी दुइ अन्ततः पुनः एउटै फ्रेममा आएका छन् । फिल्म ‘रुद्रप्रिया’ बिहिबारबाट फ्लोरमा गएको छ ।
सुदिप भुपाल सिंहले निर्देशन गर्ने यो फिल्मका मुख्य कलाकार रेखा र आर्यन नै हुन् । तनहुँको पर्यटकिय नगरी वन्दिपुरबाट फिल्मको छायांकन प्रारम्भ गरियो । फिल्मलाई वन्दिपुरसँगै पोखरा, काठमाडौं र जिरीमा खिचिनेछ ।
कार्तिक २ बाट प्रदर्शनमा आउने मिति तय गरिसकिएको फिल्ममा एमके पौडेलले लगानी गरेका छन् । रेखा फिल्मस् को व्यानरमा फिल्म तयार हुनेछ । संजय लामाको छायांकन रहने फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहने छ ।