फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाी फिल्म प्रदर्शनमा आएका छन् । ‘काले दाइ’ बोलको हिट गीतका कारण चर्चामा रहेको फिल्म ‘पर्व’ र ‘हिटलर’ एकसाथ प्रदर्शनमा आएका हुन् ।
दिनेश राउत निर्देशित पर्वलाई गोपिकृष्ण टिभी फिल्मी र सुवास ईन्टरटेन्मेन्टले निर्माण गरेको हो यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, जेबिका कार्की र माला लिम्बु लिड अभिनयमा छन् । सस्पेन्स थ्रिलर जनरामा फिल्म छ ।
यस्तै सौरभ ढकाल निर्देशित ‘हिटलर’ अष्टनारायण पिक्चर्सले निर्माण गरेको हो । फिल्मम सोमिया बर्तौला, सोहित मानन्धर र ए गुरुङ लिड अभिनयमा छन् । यो फिल्मको पनि ‘मःम चाउमिन’ बोलको गीत चर्चामा छ । दुई बिग व्यानरका फिल्ममा कसले बाजी मार्छ अनि दर्शकले बढि कसलाई रुचाउँछन् त्यो केहि दिनमा खुल्नेछ ।