सुनिल रावलको निर्माणमा बन्न लागेको फिल्म ‘लाउरे’को शुभ साईत भएको छ । राजधानीको कमलादी स्थित गणेश मन्दिरमा फिल्मको निर्माण टिमसँगै कलाकाररुले पुजाआजा गर्दै फिल्मको शुभ मुहर्त भयो ।
आउँदो आईतबारबाट फ्लोरमा जाने फिल्ममा नरेन लिम्बु, सृष्टि श्रेष्ठ, विक्रमसिंह थारु, कृषा शाहि, मिरुना मगर लगायतको अभिनय रहनेछ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले एक्सन कट गर्दैछन् । दुर्गिश फिल्मस् को ब्यानरमा ‘लाउरे’ तयार हुनेछ ।
प्रतिक तामाङ र नेगेटिभ बुद्ध टिमको पटकथा समावेश हुनेछ । अशोक शुक्लाले फिल्म खिच्नेछन् । अष्ट महर्जनको द्वन्द्व रहने फिल्ममा रावलसँग लगानीमा साझेदारी ईश्वर श्रेष्ठ सुवास लामिछाने र भेषमणी श्रेष्ठले गरेका छन् ।
फिल्मले प्रेम, मित्रता र लागु औषधको कथा बोल्नेछ । बेलायती सेनामा भर्ती हुन पटक पटक असफल भएपछि मुख्य पात्र शंकरले प्रेमिकाको प्रभावमा गर्ने पुनः प्रयासको कथा फिल्ममा समावेश हुनेछ । आधुनिक तन्नेरीको प्रेम र मनोविज्ञानलाई फिल्ममा चित्रण गर्न लागिएको निर्देशक श्रेष्ठले बताए ।