नेपाली फिल्म क्षेत्रमा अभिनेता, निर्मातादेखि वितरकसम्मको परिचय बनाईसकेका करण श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियो तथा सिरियल अभिनयमा पनि सकृय छन् । उनले पछिल्लो समय कान्तिपुर टेलिभिजनको चर्चित टेलि सिरियल ‘डिट्ठा साब’मा निभाउँदै आएको नेपाल प्रहरीको भुमिकाले लोकप्रियता कमाउँदो छ ।
यो बीचमा विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा समेत प्रस्तुती दिँदै आएका करण पुनः ठुलोपर्दाको अभिनयमा फर्किने भएका छन् । पछिल्लो पटक सम्पुर्ण छायांकन अष्ट्रेलियामा भएको ‘हेप्पी न्यू ईयर’ फिल्म गरेका करणको उक्त फिल्म भने रिलिज भईसकेको छैन् । पछिल्लो समय सामाजिक कार्यमा पनि उत्तिकै सकृय करण राजधानीको अनामनगरको हरियाली अभियानका मुख्य अभियन्ता हुन् ।
करणको मुख्य भुमिका रहने गरी बन्न लागेको फिल्म ‘कसुर’मा उनको अपोजिटमा मनिषा लामा देखिने भएकी हुन् । असारमा फ्लोरमा जाने बताईएको फिल्मको हालै निर्माण घोषणा भएको हो । फिल्मलाई सोम कुस्कुमाझीले निर्देशन गर्ने फिल्ममा लगानी राजेश खड्गीले गर्दैछन् ।
करणको अपोजिटमा देखिन लागेकी मनिषा पुर्व मिष तामाङको उत्कृष्ट सातमा परेकी कन्टेस्टेन्ट हुन् । उनले तामाङ भाषाका आधा दर्जन बराबर म्युजिक भिडियो गरिसकेकी छिन् भने टेलि सिरियल अभिनयमा पनि सकृय छिन् ।
केआर ईन्टरटेन्मेन्टको व्यानरमा बन्ने फिल्मलाई काठमाडौं, पोखरा र सिन्धुपाल्चोकमा खिचिनेछ । फिल्ममा संगीत वादल लिम्बुको रहनेछ ।