क्वालिटीमा ‘कम्पर्माईज’ नगरी सधैंजसो विग वजेटमा स्तरिय फिल्म निर्माणमा लाग्ने निर्माता सन्तोष सेनले तेश्रो प्रोजेक्ट रिलिजको संघारमा नयाँ फिल्म निरमाणको घोषणा गरेका छन् । रिलिजको छेकोमा रहेको ‘प्रेमगीत २’ (श्रावण १३) दर्शकमाझ आउनु पुर्व नै उनले ‘दिपेन्द्र सरकार’ नामको नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच (दुई दिने) पुर्व राजा दिपेन्द्रको बायोपिक फिल्म ‘दिपेन्द्र सरकार’ निर्माणको घोषणा गरिएको हो । यसअघि ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’ निर्माण गरिसकेका निर्माता सेनले दिपेन्द्रको कथालाई नै आधार बनाएर फिल्म निर्माण गर्न लागेको बताए । विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ ।
अर्धमृत अवस्थामै नेपालको १३ औँ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथा तथा राजकिय पाटो फिल्मले बोल्नेछ । सन् १९७१ जुन २१ मा नारायणहिटीमा जन्मिएका दीपेन्द्रको प्रेम जीवन पनि निकै चर्चामा रहेको थियो । फिल्ममा दिपेन्द्रको भुमिकामा प्रदिप खड्का रहनेछन् । सेनको प्रेमगीत र प्रेमगीत २ मा लगातार दोहोरिएका प्रदिप मात्रै नव घोषित प्रोजेक्टमा फाईनल हुँदा अन्य कलाकार को रहने तय नभईसकेको निर्माण टिमले बताएको छ । कार्यक्रममा पनि प्रदिप राजाकै भेषमा उपस्थित थिए ।
साढे पाँच करोड वजेटमा बन्न लागेको फिल्ममा निर्देशक कसको रहने समेत निर्माण टिमले गोप्य राखेको छ । तर फिल्मलाई अर्को बर्षको जेठ १९ मै रिलिज गर्ने भने घोषणा गरियो । उक्त दिनलाई नेपाली ईतिहासमा कालो दिनको रुपमा लिईन्छ । जुन दिन राजा विरेन्द्रको परिवारले नै यो संसारबाट विदा लिएको थियो ।
फिल्मलाई नेपाल, बेलायत र अमेरिकामा छायांकन गरिके बताईएको छ । निर्माता सेनले भव्य सेट बनाएर दिपेन्द्रको दैनिकी देखि हरेक पाटोलाई पर्दामा ढाल्ने प्रयास निर्माण टिमको रहने बताए ।