हप्तौं पहिले रिलिज भई हालसम्म पनि हलमा प्रदर्सनरत फिल्म ‘बाहुबली २’ ले भारतिय वक्सअफिसमा किर्तिमान माथी किर्तिमानी बनाउँदै अघि बढिरहेको छ । यो बीचमा फिल्मले हिन्दी भाषाको फिल्ममा भारतमा मात्रै ५ सय करोड कमाउने पहिलो फिल्मको किर्तिमान बनाएको छ ।
मंगलबार भारतमा १ करोड २५ लाखको विजने गर्दै फिल्मले ५ सय करोडको माईलस्टोन पार गर्यो । फिल्मले अहिलेसम्म भारतमा मात्रै ५ सय करोड १५ लाखको विजनेस गरेको छ । यो विजनेस हिन्दी भाषामा रिलिज भएका जुनकुनै फिल्मको भन्दा बढि हो ।
विश्वव्यापी रुपमा १ हजार करोडको माईलस्टोन पार गरिसकेको फिल्मले तेलुगु भाषामा ३ सय करोड ग्रस विजनेस गर्ने पहिलो फिल्मको किर्तिमानी पनि बनाएको छ ।