मुम्बई(एजेन्सी) । सामाजिक सञ्जालका लागि बलिउड अभिनेत्री क्याट्रिना कैफ नयाँ अनुहार हुन् । सामाजिक सञ्जालमा उनी नयाँ भए पनि उनको लोकप्रियता कुनै चल्तीका सेलिब्रेटीको भन्दा कम छैन । उनले आफू अरु भन्दा बढी लोकप्रिय हुन विभिन्न किसिमका काम गरेर त्यसलाई सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुलाई हरेक पल जानकारी दिइरहेकी हुन्छिन् ।
यिनै नायिका विश्व समुन्द्र दिवसको मौका पार्दै सार्क माछासँग समुन्द्र मुनि रमाइरहेको तस्वीर सार्वजनिक भएपछि उनको लोकप्रियता झन बढेको छ । उनले विश्वलाई नै समुन्द्र र समुन्द्री जीवलाई माया गर्न आव्हान गर्दै सामाजिक सञ्जालमा भिडियो राखेकी छन् ।
उनको यो कामलाई धेरैले प्रचारको माध्यम भने पनि क्याट्रिना आफुले चाहिँ त्यो कुरा झुटो रहेको बताएकी छन् । क्याट्रिना चाँडै नै सलमान खानसँग ‘टाइगर जिन्दा है’मा देखिँदैछिन् । यो बाहेक उनी रणवीर कपुरसँग जग्गा जासुसमा पनि आउँदैछिन् ।