रियलिटी टीभीकी चर्चित अभिनेत्री किम कारदाशियाले कागती पानीको लागि अमेरिकी सय डलर तिरेकी छिन् त्यो पनि आफ्नै तिन बर्षिय छोरी नार्थलाई । नार्थले आमा किमलाई भनेर कागती पानी बनाएकी थिइन । ‘‘कीपिन्ग अप विद द कारदाशिया’’ की ३५ बर्षिय स्टारको छोरीले आफ्नो केही साथीहरुसँग मिलेर सप्ताहान्तमा कागती पानीको एक स्टेन्ड खोलिन र आमा किमसँग किन्नका लागि अनुरोध गरिन् । मोडल किमले स्नैपचैटमा एक भिडियो शेयर गरेकी छिन्, जसमा किमकी छोरी नार्थ केही बच्चा साथीहरुसँग कागती पानी बेच्दै गरेको देखिएकी छिन् । भिडियोमा किमले नार्थसँग सोधेकी छिन्, ‘के यहाँ एक डलरको छ ? मलाई र रोबको लागि केही कागती पानी पाउनु सकिन्छ ।’’ किमले फेरी नार्थका अन्य साथीसँग सोधिन -‘म सँग सय डलर छ, यो को लिन चाहन्छ ?’ किमले यो भनेपछि एक केटा दौडिदै किमबाट सय डलर लिन्छन् ।