सन्दिप भट्ट । गीतकार नृप्रेस उप्रेतीको शब्द समावेश ‘यस्तो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी वेलायतमा बस्दै आएका गीतकार उप्रेतीको शब्दमा अर्जुन पोखरेलले संगीत संयोजन गरेका छन् ।
भिडियोमा वेलायतवासी नेपाली पवन शर्मा तथा नम्रता श्रेष्ठलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । दुर्गा खरेल तथा फिरोज बस्नेतको स्वरमा रहेको रोमान्टीक गीतको निर्देशक सुव्रत आचार्यले गरेका हुन ।
भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् । संगीतकार पोखरेलले आफु यस गीतवाट निकै आशावादी भएको वताए । भिडियोमा पवन र नम्रताको क्यामेष्ट्री राम्रो जमेको देखिन्छ ।