मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिकमा निर्माण भइरहेको अनटाइटल फिल्म आगामी वर्षको इदमा रिलिज हुने भएको छ । अभिनेता रणवीर कपुरले सञ्जय दत्तको भूमिकामा अभिनय गरिरहेको फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका हुन् ।
अधिकांश इदलाई अभिनेता सलमान खानले प्रयोग गरिरहँदा आगामी वर्ष भने सञ्जयले प्रयोग गर्ने अब पक्कापक्की जस्तै भएको छ । फिल्ममा रणवीरले निभाएको भूमिकालाई बलिउडमा निकै चासोपूर्वक हेरिएको छ । फिल्ममा रणवीरले बदलेको रुपलाई हेर्ने हो भने आगामी वर्षका प्रमुख अवार्ड रणवीरको पोल्टामा पर्ने सम्भावनालाई धेरै महत्व दिएका छन् ।
फिल्ममा रणवीरका अलावा सोनम कपुर, दिया मिर्जा, परेश रावल, मनिषा कोइरुाला र विकी कौशलको पनि अभिनय हेर्न पाइन्छ ।