काठमाडौं । शोभित बस्नेतको निर्देशनमा छायांकनरत फिल्म ‘बाबुकान्छा’को छायांकन फिल्मका प्रमुख कलाकार सलोन बस्नेतकै कारण रोकिएको छ । अभिनेता सलोन बक्स अफिस फिल्म अवार्डमा सहभागिता जनाउन लण्डन उडेपछि फिल्मको छायांकन रोकिएको हो ।
निर्देशक शोभितका अनुसार सलोन लण्डनबाट फर्किनासाथ फिल्मको छायांकन शुरु गरिनेछ । ‘हामीले सत्तरी प्रतिशत फिल्मको छायांकन सकेको छौं । चितवनको छायांकन सकेर यतिबेला काठमाडौंमा आइपुगेका छौं,’ निर्देशक शोभितले भने, ‘फिल्मको गीत छायांकन गर्न हामी साउनको दोस्रो हप्ता दुबई जान्छौं ।’
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सलोनको अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।
फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माता छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, टंक बुढाथोकी र अल्मोडाको संगीत छ । आगामी मंसीर १५ मा रिलिज हुने फिल्मको पहिलो पोष्टर पनि सार्वजनिक गरिएको छ ।