मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लामो समयसम्म निकै चर्चामा रह्यो । यो शोमा रहेका कलाकारहरुले शो नै छोडेपछि चर्चामा आएको शो पछिल्लो समय भारतीय सिंहको प्रवेशले पनि चर्चामा ल्यायो । शोका प्रमुख आकर्षक सुनिल ग्रोवरले शो छोडेपछि टीआरपी पनि घटेको खबर बाहिर आयो । तर शोमा अर्की चर्चित कमेडियन भारती सिंह र चन्दन प्रभाकरको आगमनले शोको टीआरपी उत्कृष्ट १०मा आइपुगेको छ ।
समाचार अनुसार कपिलको शो फेरि एकपटक उत्कृष्ट १०को रेङकिङमा फर्किएको छ । यो शोको सदस्य सुमोना चक्रवर्तीले ट्वीटरमा ट्वीट गर्दै टीआरपी बढेको जानकारी दिएकी छन् । ‘लामो समयपछि मैले एक भाग हेरे, जुन राम्रो लाग्यो । टिमले राम्रो काम गरेका छन् ।’उनले ट्वीटेकी छन् ।
शोका अर्का सदस्य कीकू शारदाले ट्वीटरमा आफ्नो खुशी व्यक्त गरेका छन् । ‘आजको भागलाई जबरजस्त प्रतिक्रिया दिनुभएकोमा सबैलाई धन्यवाद ।’ उनले ट्वीटेका छन् । कमेडियन भारती हालै मात्र यो शोसँग जोडिएकी हुन् । पछिल्ला केही दिनमा उनी कपिल शर्मा शोसँग जोडिने भन्ने अपुष्ट खबर बाहिर आइरहेको थियो । भारतील्े आफ्नो इंस्टाग्राम एकाउण्टमा एक तस्वीर अपलोड गरेर आफू कपिल शर्मा शोमा आबद्ध भएको जानकारी दिएकी थिइन् ।