मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली २’मा अमरेन्द्र बाहुबली र देवसेनाको भूमिका निभाएका प्रभास र अनुष्का शेट्टीको जोडीलाई दर्शकले निकै रुचाए । यही जोडीलाई अब दर्शकले नयाँ फिल्म ‘साहो’मा चाँडै नै देख्दैछन् ।
प्रभासको आगामी फिल्म ‘साहो’मा शीर्ष भूमिकाका लागि अनुष्का फाइनल भइसकेकी छन् । तर रमाइलो कुरा के छ भने यो जोडी फिल्म ‘बाहुबली २’ को जस्तो रोमान्टिक भूमिकामा चाहिँ देखिने छैनन् । नयाँ फिल्ममा यो जोडी अलग्गै रुपमा देखिनेछन् । ‘बाहुबली २’मा दाह«ी जुँगा पालेका प्रभास यो फिल्ममा क्लीन शेव्ड लुकमा देखिनेछन् भने अनुष्का पनि निकै बोल्ड र ब्यूटिफुल लुक्समा आउनेछिन् ।
फिल्म ‘बाहुबली २’को कथा अनुसार आफ्नो वजन बढाएकी अनुष्काले नयाँ फिल्ममा तौल निकै घटाउनेछिन् । तेलुगू भाषामा बन्ने यो फिल्मको हिन्दी भर्सनमा दुई कलाकारको संवादका लागि कुनै डबिङ आर्टिष्ट लिइनेछैन् । उनीहरु आफैले आफ्नो संवादको डब गर्नेछन् । यसका लागि उनीहरु हाल हिन्दी बोल्ने र बोलाउने तरिकाको तालिम लिइरहेका छन् । फिल्ममा नृत्य र एक्सन रुपमा पनि देखिने यो जाडी हलिउडका चर्चित स्टन्ट निर्देशक केनी बेट्सबाट प्रशिक्षित हुनेछन् । फिल्मको सुटिङ आबूधाबीसहित विभिन्न स्थानमा हुनेछ । करीब १ सय ५० करोडमा बन्ने फिल्ममा पनि भीएफएक्सको प्रयोग गरिनेछ ।