मुम्बई(एजेन्सी) । चीनमा आमिर खानको फिल्म ‘दंगल’को चर्चा अझैसम्म आमिरका फ्यानमाझ कायमै छ । आमिर र उनको फिल्मको क्रेज कतिसम्म छ भन्ने कुरा हालै सामाजिक सञ्जालमा भाइरल एक भिडियोलाई हेर्दा प्रष्ट हुन्छ ।
चीनमा आमिरको लोकप्रियता बलिउडका अन्य कुनै पनि कलाकारको भन्दा धेरै छ । उनको फिल्म ‘थ्री ईडियट्स’ चीनमा नै सबैभन्दा पहिला रिलिज भएको थियो । त्यही समयदेखि नै चीनमा आमिरको लोकप्रियता बढेको छ । आमिरले आफू चीन गएको समयमा स्थानीयसँग एक किसिमको कनेक्सन हुने गरेको बताउँदै आएका छन् । आमिरलाई चिनियाँ फ्यानहरु अंकल भनेर बोलाउँछन् ।
हालै मात्र चीनका फ्यानले फिल्म ‘दंगल’को गीत ‘धाकड’को एक भिडियो बनाएका छन् । जसमा आमिरका फ्यानले फिल्मको क्याप लगाएको देख्न सकिन्छ ।