काठमाडौं । पोस्टमार्टम गर्ने ब्यक्तिको कथामा आधारित फिल्म ‘भुईमान्छे’ को गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘जिन्दगी एउटा गीत हो’ बोलको गीतमा दयाराम पाण्डको संगीत र अर्जुन पोखरेलको संगीत छ । ४ मिनेट ५० सेकेण्ड लामो भिडियोमा फिल्मका दुई पात्र रमेश बुढाथोकी र सिपोरा गुरुङले फिचरिङ गरेका छन् ।
भदौ २ गतेदेखी प्रदर्शनमा आउने फिल्म शैली इन्टरटेनमेन्ट एण्ड मुभिज र शैली थिएटरको प्रस्तुतिमा बनेको हो । निरुपा राज्य लक्ष्मी थापा निर्माता रहेको फिल्मको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका हुन् ।
फिल्ममा रमेश र सिपोराको अलावा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।