मुम्बई(एजेन्सी) । सन् २०१७ को इदको मौका पारेर रिलिज भएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले बलिउड बक्स अफिसमा सोचे जस्तो उज्यालो प्रकाश छर्न सकेन । फिल्मबाट यसका वितरकहरु नराम्रो घाटामा गएपछि सलमान र उनका पिता सलिमले नै वितरकको घाटाको क्षतिपूर्ति दिने निर्णय नै गर्न बाध्य हुनुप¥यो । सय करोड क्लबका बादशाहका रुपमा चिनिने सलमानलाई यो फिल्मले सय करोडमा पुग्न ६ दिनको समय पर्खिनुप¥यो । फिल्म विश्लेषक र दर्शकको ध्यान फिल्मको व्यापार तिर गइरहँदा यो फिल्मले ६ वटा नयाँ रेकर्ड कायम गरेको तिर भने कसैले ध्यान दिन सकेनन् । फिल्मले रिलिज अघि नै रेकर्ड बनाएको थियो । ती रेकर्डहरु यस प्रकार छन्ः–
१. एघारौं पटक सय करोडमा सलमान
यो सलमानको व्यक्तिगत रेकर्ड हो । फिल्म ‘ट्यूबलाइट’ले सय करोड कमाएपछि सलमान मात्र बलिउडका यस्तो एक्ला अभिनेता बनेका छन् । जसको एघारवटा फिल्मले लगातार सय करोड भन्दा बढी पैसा कमाईसकेको छ । यो फिल्म भन्दा अघि २०१० मा ‘दबंग’, २०११ मा ‘रेडी’ र ‘बडीगार्ड’, २०१२ मा ‘एक था टाइगर’, ‘दबंग २’, २०१४ मा ‘जय हो’ र ‘किक’, २०१५ मा ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ र २०१६ मा ‘सुल्तान’ले सय करोड बढी कमाई गरेको थियो ।
२. फिल्ममा दाजुभाईको वर्चस्व
फिल्म ‘ट्युबलाइट’सँगै सलमान र सोहेल एकसाथ सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने दाजुभाई बनेका छन् । यो जोडीले ‘ट्युबलाइट’सँगै ८ वटा फिल्ममा एउटै पर्दामा देखिएर अभिनय गरेका छन् । सलमानले अर्का भाई अरबाजका साथ ६ फिल्ममा काम गरेका छन् ।
३. ‘बाहुबली २’लाई पनि पछाडि पारे
प्रभास अभिनित फिल्म ‘बाहुबली २’लाई पछाडि छाड्दै सलमान खानको फिल्मले विश्वभरी १ लाख स्क्रिनमा रिलिजको रेकर्ड राख्यो । जहाँ ‘बाहुबली २’ले विश्वभरी ९ सय स्क्रिनमा मात्र स्थान पाएको थियो ।
४.विश्वमै छायो ‘ट्युबलाइट’
बलिउड फिल्मको इतिहासमा सलमानको ‘ट्यूबलाइट’मात्र पहिलो र एकमात्र यस्तो फिल्म बन्यो, जुन फिल्म विश्वको ५० देशमा एकैपटक रिलिज गरिएको थियो ।
५.युट्युबमा हिट टिजर
फिल्म ‘ट्युबलाइट’को टिजर बलिउड फिल्मको यस्तो टिजर बन्यो, जुन युट्युबमा सार्वजनिक हुनासाथ ४८ घण्टा भित्र १ करोड दर्शक पायो ।
६. इद होस् त सलमानको जस्तो
सन् २००९ मा फिल्म ‘वान्टेड’बाट शुरु भएको सलमानको इदमा फिल्म रिलिज गर्ने बानी अहिलेसम्म पनि निरन्तर जारी छ । सायदै त यो समय उनका लागि सफल साबित पनि बनेको छ । सन् २०१३ बाहेक अन्य वर्षमा उनले इदकै मौकामा फिल्म रिलिज गरे ।