मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुर अर्का अभिनेता सलमान खान भन्दा धेरै गुणा जुनियर कलाकार हुन् । तर जुनियर भए पनि उनले आफू भन्दा सिनियर सलमानको त्यागी दिलको सराहना गर्दै उनकै बाटो पछ्याउने निर्णय लिएका छन् । आफ्नो होम प्रोडक्सनले पहिलोपटक निर्माण गरेको फिल्म ‘जग्गा जासूस’ शुक्रबारबाट रिलिज हुँदैछ । उनले आफ्नो फिल्म रिलिजको छेकोमा फिल्मका निर्माताले मात्र नभई जोकोहीलाई पनि पैसा कमाउने हक भएको बताएका छन् ।
मुम्बईमा फिल्मको प्रचार कार्यक्रममा उनलाई पत्रकारहरुले सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’का कारण वितरकले व्यहोर्नुपरेको नोक्सानी पछि सलमानले भरपाई गर्ने निर्णयको बारेमा प्रश्न सोधेका थिए । ‘कैयौं वर्षदेखि यस्तै हुँदै आएको छ । मेरो पिता १९५० देखि निर्माता हुनुहुन्थ्यो र मलाई लाग्छ कि फिल्म बनाउने यो तरिका एकदमै राम्रो तरिका हो । जसमा केवल निर्माता मात्र होइन, वितरक र
फिल्म प्रदर्शक सबैजना पैसा कमाउन सक्छन् ।’ रणवीरले भनेका छन् ।
रणवीरले पनि सलमानकै जस्तो गरी आफू पनि वितरकलाई पैसा दिने दाबी गरे । ‘‘मेरा नाम जोकर’ जस्तो फिल्मले ठूलो घाटा व्यहोर्दा पनि मेरो हजुरबुवाले फिल्म ‘बोबी’ रिलिज गरेर वितरक र फिल्म प्रदर्शकले पाउने रकम दिनुभएको थियो । यदि मेरो फिल्मबाट पनि उनीहरुले त्यस्तै नोक्सान व्यहोरे भने म निश्चित रुपले उनीहरुको भरपाई गर्नेछु ।’