मुम्बई(एजेन्सी) । बलिउड फिल्ममेकर सञ्जय लीला भन्सालीले लेखक अमीश त्रिपाठीको प्रख्यात पुस्तक ‘द इमोर्टल्स अफ मेलुहा’को अधिकार किनेका छन् । भगवान शिवको बारेमा लेखिएको यो पुस्तकको बारेमा उनले फिल्म बनाउन लागेपछि उनले राइट खरिद गरेका हुन् ।
निर्देशक भन्सालीले फिल्ममा भगवान शिवको भूमिका अभिनेता ऋतिक रोशनलाई दिएका छन् । ऋतिक हाल आफ्नो परिवारका साथ अमेरिकामा विदा बनाइरहेका छन् । तर यो भूमिकाका लागि उनी निकै उत्साहित छन् । फिल्म ‘कृष’मा सुपरहिरोको भूमिकामा देखिएका कृषले सोही फिल्मका कारण शिवको भूमिकामा अभिनय गर्न पाएका हुन् ।
केही समय अघि करण जोहरसँग यो किताबको राइट्स थियो । त्यो समय भगवान शिवको भूीमका लागि सलमान खान, ऋतिक रोशन, वरुण धवन र टाइगर श्राफको नाम आएको थियो । तर करणले फिल्म बनाउने सपना पुरा गर्न पाएनन् । सञ्जय र ऋतिकले सन् २०१७ मा फिल्म ‘गुजारिश’मा सँगै काम गरेका थिए ।