साउन १३ गते रिलिज हुन लागेको वर्षकै प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को नँया गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘नत हाँस्न नै सक्छु’ बोलको गीतमा ‘प्रेम गीत’ फिल्मको ‘कभर सङ गायन कम्पिटिसन’ विजेता सागर संसार राईले स्वर दिएका छन्। गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द समावेश छ।
आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठक निर्देशन गरेका हुन्। फिल्म ‘प्रेमगीत २’ मा प्रदीप खड्का, आश्लेशा ठकुरी, शिशिर भण्डारी, सन्तोष सेन लगायतको अभिनय छ।
सन्तोष सेनको लगानी रहेको फिल्ममा रेनेशा वान्तवा राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्धन्द्ध,पुरुषोतम प्रधानको छायांकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। फिल्मको गीतमा कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत दिएका छन्।