मुम्बई(एजेन्सी) । बलिउडका केही चर्चित अनुहारहरु यतिबेला एन्फोर्समेंट डायरेक्टरेटको निशानामा परेका छन् । इडीले फेमाको नियमको उल्लंघन गरेको भन्दै केही बलिउड हस्तीहरुलाई सोधपुछ गरेको छ भने केही सोधपुछको प्रक्रियामा छन् ।
केही समय अघि शारुख खानलाई इडीले आइपीएल फ्रेञ्चाइजीको शेयरको आवन्टन र जुही चावलाका पति जय मेहताको मोरिससस्थित एक कम्पनीमा शेयरको अर्लट गर्नमा दोषी देखाउँदै त्यसबारे सोधपुछ गरेको थियो । अहिले फेमाले ‘विदेशी मुद्रा प्रबन्ध अधिनियम’को यस्तै मामलामा अमिताभ बच्चन र अजय देवगनलाई पनि सोधपुछ गर्ने भएको छ ।
बच्चन परिवारका सबै सदस्यलाई सरकारी एजेन्सीले विगत १३ वर्ष यता विदेशमा पठाएको पैसाको रिर्पोट मागेको छ । अजयलाई पनि प्रवर्तन निदेशालयले सूचना पठाउँदै देश बाहिर पठाएको पैसाको जानकारी मागेको छ । अमिताभ बच्चन, पत्नी जया बच्चन, छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र अजय देवगनलाई इडीले गत महिना फेमा अन्तर्गत सूचना पठाएको थियो।
विदेशी मुद्रा प्रबन्धन अधिनियमको सेक्शन ३७ अन्तर्गत इडीले जाँच शुरु गर्नु अघि प्रारम्भिक जानकारीको माग गर्दछ । समाचार अनुसार बच्चन र उनका परिवारको २००४ पछि एलआरएसका अनुसार र व्यापारिक यात्रामा गरिएका अनुसारी विदेशी लेनदेनको जानकारी दिनुपर्नेछ ।