मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार कमल हसनकी कान्छी छोरी अक्षरा हसनको बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ । परिवारका सबै सदस्य हिन्दु धर्मावलम्बी भइरहँदा अक्षराले चाहिँ हिन्दु धर्मलाई त्यागेर बौद्ध धर्म हंगालेको घोषणा गरेकी छन् । उनले आफू नास्तिक भएको बताइरहे पनि बौद्ध धर्म अंगालेपछि २५ वर्षकी अक्षराको धर्मप्रति आस्था रहिरहेकोसमेत खुलेको छ ।
अक्षराले आफू बौद्ध धर्ममा विश्वास राख्ने भएकाले पनि बौद्ध धर्म अंगालेको दाबी गरेकी छन् । अक्षरा कमलको दोस्रो पत्नी नायिका सारिका ठाकुरकी छोरी हुन् । अक्षराकी दिदी अभिनेत्री श्रुति हसन हुन् ।
अक्षराले अमिताभ बच्चनका साथ फिल्म ‘षमिताभ’मा सन् २०१५ मा अभिनय गर्दै बलिउडमा डेब्यु गरेकी थिइन् । उनी चाँडै नै अजीत कुमारको फिल्म ‘विवेगम’मा देखिँदैछिन् ।