आजबाट प्रदर्शनमा आएको प्रदी खड्का र अश्लेशा ठकुरी अभिनित बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत २’ले आक्रामक सुरुवात गरेको छ। मल्टिप्लेक्समा फिल्मको बुकिङ खुले देखिनै यसको क्रेज राम्रै देखिन्थियो। शुक्रबार फिल्मका प्राय: शोहरु हाउसफुल भए। त्यस्तै शनिवारको लागि फिल्मको बुकिङ अत्यधिक छ।
राजधानी र मोफसल गरी ८० हलबाट प्रदर्शन आरम्भ गरेको फिल्मलाई दर्शकले पनि एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन्। आज सम्पूर्ण फिल्म निर्माण युनिट हाल-हलमा पुगेर दर्शकसँगै फिल्म हेरेको थियो। दर्शकसँग बसेर फिल्म हेर्दा उनीहरुले दिएको प्रतिक्रियाबाट एकदमै उत्साहित भएको निर्माता सन्तोस सेनले बताए। ‘दर्शकले फिल्मको कथाबस्तु अनि कलाकारको अभिनयलाई मन पराइदिनु भएको छ’, सेन भन्छन ‘उहाँहरुले ‘प्रेम गीत ३’ कहिले आउँछ भन्दै प्रश्न गर्नुभयो, यहि हाम्रो सफलता हो।’
‘आसुसेन फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र अश्लेशासँगै कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतको अभिनय रहेको छ।