हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस– सुन्तली’ फाउन्डेसनले ३ वटा बस्ती सफलतापुर्वक निर्मण सम्पन्न गरी स्थानियलाई हस्तान्तरण गरिसकेको छ। उनीहरुले पुन: निर्मण गर्न लागेको महोत्वाकांशी योजना ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’पनि अब भने निर्माण हुने लगभग पक्का भएको छ।
पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको उक्त योजनाको लागि ठुलै जग्गा आवस्यक पर्ने थियो। विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘नेपाल भित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो। सरकारले स्वीकृति दिएको खण्डमा आब छिट्टै त्यहाँ काम सुरु गर्ने सीतारामले बताए।
हिमाल, पहाड, तराई, धार्मिक स्थलहरु : पशुपति, बौद्धनाथ, लुम्बिनी, मुक्तिनाथ सहित मिनी रेल, भ्यु टावर, धरहरा आदि निर्माण हुने ‘नमुना नेपाल’को लागि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा उपर्युक्त जग्गा फेला परेको ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले फेसबुक स्टाटस लेख्दै जानकारी दिएका हुन्।