निर्माण कम्पनि आशुसेन फिल्मस् ले प्रदर्शनरत फिल्म ‘प्रेम गीत २’ को पहिलो दुई दिने विजनेस २ करोड बढि दाबी गरेको छ । फिल्मले शुक्रबार र शनिबार गरी देशभरबाट कुल २ करोड ५३ लाख ८२ हजारको विजनेस गरेको प्राप्त समाचारमा उल्लेख छ ।
फिल्मले पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड १३ लाख ५६ हजार तथा दोश्रो दिन १ करोड ४० लाख २५ हजार ग्रस विजनेस गरेको बताईएको छ । शनिबार सिंगल स्कृन तथा मल्टिप्लेक्स धेरै हलमा फिल्मले हाउसफुल विजनेस गर्यो । हलमा पुगेका अभिनेता प्रदिप खड्का र डेब्यू अभिनेत्री अश्लेशा शाही दर्शकले घेरिएका थिए । फिल्मको विजनेसमा मुख्यतः प्रभाव मल्टिप्लेक्स हलको परेको छ । क्युएफएक्सले मात्रै फिल्मलाई १७ शो प्रदान गरेको छ ।
निर्माता सन्तोष सेनले फिल्मको विजनेसबाट उत्साहित भएको बताए । जुन अपेक्षा लिएर फिल्म बनाएको थिएँ त्यो पुरा भएको छ, माया र सद्भाव प्रदान गर्नुहुने दर्शकहरु प्रति ऋणी छु, सेनले भने । सेन फिल्ममा समेत लिड अभिनयमा छन् । रामशरण पाठकले फिल्म निर्देशन गरेका हुन् ।