फिल्म ‘पञ्चेबाजा’ निर्माण हुने भएको छ। ‘पञ्चेबाजा’को बिहीवार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ। सौगात मल्ल र सृजना सुब्बाको मुख्य भूमिका रहेने फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्दै छन्।
एउटा गाउँको कथामा निर्माण हुन लागेको फिल्ममा सौगात र सिर्जनासँगै कर्म, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ। ‘निउ भेनस फिल्मस्’को प्रस्तुतिमा निर्माण हुन् लागेको फिल्ममा राजेश शाहीको लगानी रहनेछ।
प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कालिप्रसाद बास्कोटा र विकास चौधरीको संगीत रहनेछ।