झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ देश दौडाहमा निस्केको छ। प्रदर्शन मिति नजिकिदै गरेकाले फिल्मले आफ्नो मोफसल प्रमोशन सुरु गरेको हो। देशका विभिन्न स्थानमा पुग्ने तयारीमा रहेको फिमको प्रोमोशन टिम बुधवार हेटौडा पुगेको थियो।
भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रमोशनमा फिल्मका मुख्य कलाकार सलिनमान बनियाँ, साम्राज्ञीराज्य लक्ष्मी शाह,सलोन बस्नेत निर्देशक झरना थापा लगायतको टिम हिडेको हो। प्रोमोशन टिम हेटौडा, नारायणगढ, पोखरा लगायतको ठाउँमा समेत पुग्ने छ।
‘सुहाना इन्टरटेन्टमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनिल कुमार थापा हुन्। फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ। सार्वजनिक गीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्। दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले गर्दा पनि फिल्म सफल हुने निर्माण युनिटको विश्वास छ।