मुम्बई(एजेन्सी)। बलिउड अभिनेता सलमान खानले हालका दिनसम्म आफ्नो इमोशनबाट दर्शकलाई आफ्नो बनाउने कोशिस गरे । फिल्म ‘ट्यूबलाइट’लाई ठूलो सफलता त मिलेन, सलमानको अभिनयको तारिफ पनि राम्ररी हुन सकेन । त्यसैकारणले पनि सलमानले अब आफूलाई हिट बनाउन एक्सनको सहारा लिँदैछन् ।
सलमान यतिबेला फिल्म ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् । समाचार अनुसार उनले यो फिल्ममा दश हजार राउण्ड गोली चलाउनेछन् । यो वर्षको क्रिसमसमा रिलिज हुने फिल्मको निर्देशन अली अब्बास जफरले गरेका छन् । जसमा क्याट्रिना कैफको पनि अभिनय छ । अस्ट्रिया र आबू धाबीमा छायांकन गरिने यो फिल्ममा दश हजार राउण्डको ब्ल्याक एमुनेशन फायर गरिनेछ । निर्देशक जफरले ट्विटरमार्फत सुटिङमा प्रयोग गरिने बन्दुकको तस्वीर पनि राखेका छन् ।
सलमानले हालैका फिल्महरु बजरंगी भाईजान, प्रेम रतन धन पायो र ट्यूबलाइटमा एक्सन देखाउन पाएका छैनन् । त्यसकारण पनि टाइगर ज़िन्दा हैलाई लिएर निकै उत्साहित छन् ।