मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इमरान हासमीले जब बलिउडमा पाइला चाले, उनले केही फिल्ममा दिएको किसिङ सिनकै कारण उनलाई ‘सीरियल किसर’ को ट्याग नै लाग्यो । तर अब यो ट्यागलाई सदाका लागि छोड्दै सामाजिक किसिमका फिल्ममा काम गर्ने चाहना उनको छ ।
फिल्म ‘बादशाहो’को प्रचारका समयमा उनले आफू ग्रे शेडको भूमिका निभाउन चाहेको बताएका छन् । यो फिल्ममा सनी लियोनी र इमरानको सिजलिंग डान्सिङ नम्बर हेर्न पाउनेछन् । उनले आफू राज वा मर्डरको फ्रेञ्चाइजीको दोस्रो सिक्वेलको हिस्सा बन्न नचाहेको बताएका छन् ।
फिल्ममा आफूले दिएको किसिंग दृश्यकै कारण घरमा बस्न सक्ने अवस्था नभएकाले आफूले त्यस्तो फिल्म छोडेर सामाजिक कथाका फिल्ममा अभिनय गर्ने जनाएका छन् ।