सन् १९८३ मा रणवीर सिंहको साथमा काम गरेका कविर खान भन्छन् कि उनी अभिनेता सिंहलाई खुबै प्रेम गर्छन् । कविरले अभिनेता रणवीरलाई नयाँ फिल्ममा काम गर्दैछन् । सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जित्दाको कहानीलाई कविरले पर्दामा उतार्दैछन् । यो फिल्ममा रणवीर कपिल देवको भूमिकामा प्रस्तुत हुँदैछन् ।
एक कार्यक्रममा पुगेका कविरले मिडियासँग भने–‘सन् १९८३ मेरो लागि विशेष फिल्म हो । मलाई लाग्छ कि, यो एक फिल्म भन्दा निकै माथि छ । म फिल्म निर्माणलाई निरन्तरता दिन्छु तर कहिले यस्ता खालका प्रोजेक्ट आउँछन् कि जुन फिल्मी करिअर र व्यक्तिगत करिअर भन्दा धेरै माथि हुन्छ ।’ उनले आफूले रणवीर सिंहलाई निकै मन पराउने भएकाले नै अर्को फिल्म उनीसँग गर्न लागेको सुनाए ।