अभिनेत्री दीपिका पादुकोण आफू अभिनित फिल्म ‘पद्यमावती’को थ्रीडी ट्रेलर लन्चमा पुगिन् । यो फिल्मबाट दीपिकाले निकै आशा पनि गरेकी छिन् । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो फिल्मलाई थ्रीडी प्रविधिमा पनि रिलिज हुनेछ । थ्रीडी ट्रेलर सार्वजनिक कार्यक्रममा दीपिका विवाहको बिषयको प्रश्नबाट भने निकै बचिन् ।
यो फिल्मलाई भारतको करनी सेनाले अवरोध गरिरहेको छ । यो प्रश्नमा दीपिकाले जवाफ दिदै भनिन्–‘हामीले उनीहरुलाई ट्विटरको माध्यमबाट जवाफ दिइसकेका छौ ।’ट्रेलर सार्वजनिक कार्यक्रममा दीपिका निकै आकर्षक देखिएकी थिइन् ।
कार्यक्रममा फिल्मका निर्देशक भन्साली, दुई अभिनेता रणवीर सिंह र साहिद कपुर भने देखिएनन् । डिसेम्बर १ तारिखबाट यो फिल्म रिलिज हुँदैछ ।