नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता दयाहाङ राइको स्टारडम कमजोर बनेको चर्चा हुन थालेको छ । निरन्तर फिल्म असफल भएपछि दयालाई हेर्न हलमा दर्शक पुग्न छाडेको चर्चा हुन थालेको छ । लामो समयपछि अभिनेता सौगात मल्लको नाममा एउटा हिट फिल्म परेको समयमा दया भने कमजोर देखिएका छन् । उनी, अभिनित फिल्म ‘तान्द्रो’ बक्स अफिसमा सुपर फ्लप भयो ।
यो फिल्म शुक्रबारदेखि रिलिज भएको थियो । शुक्रबारदेखि नै यो फिल्म हेर्न हलमा दर्शक आएनन् । दर्शकको उपस्थिती फिल्म हलमा यति न्यून रह्यो कि, शनिबार पनि दयाको अनुहार बिकेन ।
शनिबार पनि मल्टिप्लेक्सको एक शोमा १०० जना दर्शकले टिकट काट्न सकेनन् । यसको अर्थ, दयालाई नै हेरेर हलमा पुग्ने दर्शक कम भएको पक्का हो ।
पैसा आएपछि जस्ता पनि फिल्म खेल्न थालेपछि दयालाई दर्शकले पत्याउन छाडेका हुन् ।