तपाई, अभिनेता राजेश हमाललाई मौका मिलेको भेला भेट्नुहोस् र सोध्नुहोस् कि, तपाइ फिल्म कहिले बनाउने ? हमालको एउटै जवाफ आउँछ, कथामा काम भैरहेको छ । हमालले फिल्म निर्देशन गर्ने भनेको चर्चा पनि बिहेको जस्तै भैसक्यो ।
बिहे गर्न नै ५० बर्ष लगाएका हमालले कतै फिल्म निर्देशन गर्न पनि यति नै समय लगाउँछन् कि भन्ने चर्चा हुन थालेको छ । हमालका सहकर्मी अभिनेता भूवन केसीले फिल्म निर्माण, निर्देशन गरिरहेका छन् ।
तर अभिनेता हमाल भने अहिले फिल्मको अफर पनि आउन छाडेपछि घुमघाममा नै मस्त छन् । अभिनेता पुग्दा दर्शकले उनलाई ठूलो स्वागत गर्ने गर्छन् । हमाल महोत्सवमा पुग्ने गरेको उनको फेसबुकको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।
पत्नी मधुसँग घुमघाममा मस्त हमालले अब, आफै फिल्म बनाएर अगाडि बढ्नुपर्ने धेरैको तर्क छ । तर, के हमालले फिल्म निर्देशनको आँट गर्लान् त ?