नेपाली फिल्म बजारमा २ जोडीको चर्चा खुबै छ । जब, यी दुई जोडी फिल्मी पर्दामा एकसाथ काम गर्न लागेको चर्चा भयो, त्यसपछि यी दुइको जोडी सुहाउँछ र भन्ने खालका प्रश्न उब्जिएका छन् ।
पहिलो जोडी हुन्, प्रियंका कार्की र प्रदिप खड्काको । फिल्म ‘लिलिबिली’मा अन्ततः अभिनेत्री प्रियंका कार्कीको प्रवेश भएपछि यो जोडी सुहाउँछ र भन्ने खालका प्रश्न उब्जन थालेका छन् । अभिनेता प्रदिप खड्काले त कथाको माग अनुसार नै फिल्ममा प्रियंका कार्कीको प्रवेश भएको भन्दै जोडी सुहाउने जवाफ दिइसकेका छन् । तर, पनि रेविका गुरुङ जस्ती नव–अभिनेत्रीसँग रोमान्स गर्न तयार भएका प्रदिपका लागि प्रियंकासँग जोडी फिल्म रिलिज भएसम्म चर्चाको बिषय बन्नेछ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि एकसाथ काम गर्दैछन् । फिल्मको नाम, ‘कायरा’ राखिएको छ । आर्यन र साम्राज्ञीको जोडी पनि सुहाउँछ र भन्ने खालका चर्चा भएका छन् । तर, जति प्रियंका र प्रदिपको जोडी सुहाउँने बिषयमा चर्चा भयो त्यती चर्चा साम्राज्ञी र आर्यनको बिषयमा भने भएको छैन । तर, यो साता यी दुई जोडीले खुबै चर्चा पाए ।