अभिनेत्रीद्धय श्रृष्टी श्रेष्ठ र मलिना जोशीको परिचय, मिस नेपालको पनि हो । दुबैजना पूर्व मिस नेपाल हुन्, जसले विश्व सुन्दरीको स्टेजमा पनि आफ्नो स्थान जमाइसकेका छन् ।
तर, यी दुबै अहिले फिल्म क्षेत्रमा छन् र अभिनेत्रीको परिचय बनाइरहेका छन् ।
तर, यी दुबैको करिअरलाई मुल्यांकन गर्ने हो भने, श्रृष्टी मलिनामध्ये फिल्म क्षेत्रमा को हिट बन्ने तुलना गर्न सकिन्छ । धेरै मिस नेपाल अभिनेत्री बन्ने परिक्षामा सामेल भएपनि खासै सफल हुन सकेनन् ।
श्रृष्टी अहिले राम्रा राम्रा ब्यानरका फिल्ममा काम गरिरहेकी छिन् । ‘गाजलु’ बाहेक अरु फिल्म रिलिज नभएपनि श्रृष्टीको व्यस्तता घटेको छैन । उनलाई ठूला ब्यानरले पत्याएका छन् । अभिनेत्री मलिना जोशीको भने रिलिज भएका सबै फिल्म असफल भए । यसैले, अब उनलाई फिल्म क्षेत्रमा टिक्न नै गाह्रो हुने विश्लेषण फिल्म पण्डितहरु गर्छन् ।
एक महिना अगाडि रिलिज भएको फिल्म ‘रानी’ले पनि दम तोडेपछि मलिनालाई अप्ठ्यारो परेको छ ।