अभिनेत्री नम्रता श्रेष्ठ अभिनयमा त पोख्त नै छिन् । उनले, गतबर्ष आयोजना भएका सबै अवार्डमा आफ्नो वर्चस्व नै कायम गरिन् । फिल्म ‘पर्व’ले औषत व्यापार गरेपछि भने नम्रता चुपचाप छिन् । आखिर, किन नम्रताले कुनै पनि फिल्म साइन गरेको खबर सार्वजनिक भएको छैन ।
फिल्म ‘पर्व’मा उच्च अपेक्षा गरेका निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत त्यहाँ भने चिप्लिए । यसपछि, यी दुबैले नम्रताको साथ छाडेको प्रष्ट छ । सुवासले ‘कृ’ बनाइसकेका छन् भने अब ‘भैरवी’ बनाउने तयारीमा छन् । ‘भैरवी’का निर्देशक दिनेश राउत नै हुन् । तर, दुबै फिल्ममा नम्रताको नाम कतै आएन ।
नम्रतालाई ‘पर्व’को औषत व्यापारले झट्का लागेको धेरेको टिप्पणी छ । नम्रता मिडियामा कम आउने अभिनेत्री हुन् । अहिले त प्रेममा परेपछि झनै प्रेममै रमाएकी नम्रताले नयाँ फिल्म साइन गरेको सुन्न उनका फ्यान पनि आतुर छन् ।