बलिउड अभिनेत्री दीपिका पादुकोणको चर्चा अहिले त्यस्तो छैन, जति केही बर्ष अगाडि थियो । हलिउड फिल्ममा काम गर्न जानु दीपिकाका लागि फाइदाजनक रहेन । दीपिकाले आशा गरेको फिल्म ‘पद्यमावती’ डिसेम्बर १ मा रिलिज हुनु पर्ने हो । तर, चर्को विरोधका कारण फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि सर्यो ।
फिल्मको रिलिज डेट सर्दा यो बर्ष दीपिकाको कुनै पनि फिल्म रिलिज भएन । यसको घाटा उनलाई अर्को बर्ष आयोजना हुने अवार्ड समारोहमा लाग्नेछ । यूएइमा आयोजना भएको एक अवार्ड समारोहमा पुगेकी दीपिका चिन्तित देखिइन् ।
फिल्म रिलिज नहुँदा करिअरलाई घाटा लाग्ने कुरा दीपिकालाई पनि थाहा छ । यसैले, अवार्ड समारोहमा पनि दीपिकाको अनुहारमा मुस्कान भेट्न मुश्किल भयो ।