फिल्म ‘नाई नभन्नु ल ४’बाट उदाएपनि अभिनेत्री आँचल शर्मालाई फिल्म ‘जोनी जेन्टलम्यान’ले स्टार बनाउनुपर्ने हो । तर, यो फिल्म असफल हुँदा आँचलको करिअर फेरि धरमरायो ।
आँचलले कम फिल्म खेल्छिन्, तर खेलेको फिल्म १ बर्षको अन्तरमा रिलिज हूँदा पनि चलेन भने त कलाकारलाई तनाव नै हुन्छ । अब, आँचलको करिअर कसले जोगाउला भन्ने प्रश्न सोझिएको छ । उनी, अहिले अभिनेता पल शाहसँग फिल्म ‘सुत्र गते’मा काम गरिरहेकी छिन् । यो फिल्म चैत्र ९ गते रिलिज हुँदैछ । फिल्मको व्यापारको क्रेडिट पल र आँचललाई नै जाँदैन भन्ने चर्चा पनि सुनिन्छ ।
यस्तै, अभिनेत्रीले सुटुक्क काम गरेको अर्को फिल्म हो, ‘ब्ल्याक’ यो फिल्ममा भने आँचलको जोडीको रुपमा आकाश श्रेष्ठ देखिएका छन् । यो फिल्मको छायांकन भने खासै चर्चा नगरि नै गरिएको थियो । अब, आँचलको करिअरको सुरक्षा आकाशले गर्लान् कि पलले ?