अभिनेत्री बर्षा राउत केहि मोटी छिन् । फिल्म क्षेत्रमा तौल केहि धेरै भएकी अभिनेत्रीलाई टिक्न गाह्रो हुन्छ भनिन्छ । तर, बर्षाको डिमाण्ड भने बढेको बढै छ । खास कारण के होला ?
बर्षा राउतको मुस्कानले धेरैलाई आकर्षित गर्छ ।
फिल्म ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेकी बर्षा खुबै मुस्कुराइन् । कार्यक्रम संचालक नरेश भट्टराइले बिहेको कुरा गर्दापनि बर्षा मुस्कुराइन् । बोल्ने क्रममा पनि उनी मुस्कुराइन् ।
बिहेमा सहभागी भएका कारण सारी लगाएर पुगेकी बर्षा फेरि बिहेमै जानुछ भन्दै थिइन् । तर, उनलाई सारी खुबै सुहाएको थियो । सारीमा नारी सेक्सी देखिन्छन् भनेजस्तै बर्षा पनि आकर्षक देखिएकी थिइन् ।