माघ २६ गते बक्स अफिसमा हुन लागेको २ ठूलो भिडन्त अब नहुने भएको छ । बक्स अफिसमा अभिनेत्री स्वेता खड्काको ‘कान्छी’ र अभिनेता अनमोल केसीको ‘कृ’ विच लडाई हुने तयारी थियो ।
तर, निर्मात्री तथा अभिनेत्री स्वेता खड्काले आफू निर्मित फिल्म ‘कान्छी’को प्रदर्शन मिति एक साता पोष्टपोन्ड गरेकी छिन् । योसँगै अब भिडन्त टरेको छ । निर्मात्री खड्काले आफूलाई ‘कृ’सँग जुध्न मन नलागेकाले फिल्म एकसाता पछि सारेको बताएकी छिन् । अब, स्वेताको ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुनेछ ।
अनमोल केसीको प्रतिक्षित फिल्म ‘कृ’ले सोलो रिलिजको अवसर पाएको छ । आकाश अधिकारीले निर्देशन गरेको फिल्म ‘कान्छी’मा स्वेता खड्का, दयाहाङ राइको मुख्य भूमिका छ ।