पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ । तर, फिल्मको ३ मिनेट भन्दा लामो ट्रेलरले दर्शकलाई निर्देशक रामबाबु गुरुङको निर्देशनमा यसअगाडि बनेको फिल्म ‘कबड्डी’कै झल्को दिन्छ ।
यो फिल्ममा दयाहाङ राई, दिया पुन, बर्षा राउत, विजय बराल, कमलमणि नेपाल, वुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । टेकेन खड्काले यो फिल्ममा लगानी गरेका छन् ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेकी अभिनेत्री बर्षा राउतले फिल्म राम्रो बनेको मात्र बताइन् । अन्य कलाकारले फिल्मको बारेमा खासै केहि पनि बोलेनन् ।