अभिनेता निखिल उप्रेतीले नेपाली फिल्मलाई नयाँ स्थानमा लैजान चाहेको बताउँछन् । तर, उनले अभिनय गरेका फिल्म हेर्ने हो भने कुनै कोणबाट पनि उनी बदलिएका छैनन् । फिल्म पिजडाबाट नेपाली फिल्ममा प्रवेश गर्दै गर्दा निखिलले जुन स्टाइलका फिल्ममा काम गरेका थिए, आज पनि उनको स्टाइल उस्तै छ ।
फिल्म ‘पिजडा ब्याक अगेन’को ट्रेलर मंगलबार सार्वजनिक गरियो । हिमाल केसीको डेब्यू निर्देशनमा बनेको यो फिल्म माघ ४ गतेबाट रिलिज हुँदैछ । फिल्मको ट्रेलरमा निखिलको पुरानै छाप देखिन्छ । अझ, अभिनेत्री सारा पनि फिल्ममा भएकाले दर्शकलाई ‘रुद्र’ फिल्मको झल्को आउँछ ।
पारिवारिक कथामा निर्माण भएको यो फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् । द्धन्द्ध निर्देशकको फिल्म भएकाले पनि फिल्मको ट्रेलरमा द्धन्द्ध नै हाबी छ ।