सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘कृ’को दोश्रो पोष्टर रिलिज भएको छ । सार्वजनिक भएको पोष्टरमा फिल्ममा मुख्य अभिनेता अनमोल केसीको साथमा अभिनेत्री अदिती वुढाथोकीलाई पनि देखाइएको छ । अनमोल र अदितीको रोमान्टिक पोष्टर ट्रेलर सार्वजनिक गर्नुभन्दा अगाडि रिलिज भएको हो । शुक्रबार दिउँसो ३ बजे फिल्मको ट्रेलर सार्वजनिक हुँदैछ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको यो फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् । फिल्मलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् ।
अभिनेता अनमोल केसीको बहुप्रतिक्षित फिल्म भएकाले पनि ‘कृ’को चर्चा फिल्मी बजारमा गर्मिएको छ । यो फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ । निर्माता सुवास गिरीले आफू यो मितिमा कुनै पनि फिल्मसँग जुध्न नआएको बताए । उनले, आफूहरुले पहिले नै यो मिति पक्का गरेको समेत जानकारी दिए ।
टौवा क्रियशनले पोष्टर तयार पारेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।